• आइतबार १-२८-२०८२/Sunday 05-11-2025
मनोरञ्जन

हरिवंश र दीया उत्कृष्ट अभिनेता-अभिनेत्री

काठमाडौं । चलचित्र विकास बोर्डले चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८० सम्पन्न गरेको छ । मङ्गलवार राष्ट्रपति भवन, शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा वि.सं. २०७८ र २०७९ गरी दुई वर्षको पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

 

राष्ट्रिय पुरस्कारमा चलचित्र ‘महापुरुष’बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता र चलचित्र ‘प्रकाश’बाट दीया मास्केले उत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरे भने उत्कृष्ट निर्देशक ‘प्रकाश’ बाट दिनेश राउत, उत्कृष्ट लेखन‘चिसो मान्छे’बाट दीपेन्द्र के। खनाल, उत्कृष्ट छायाँकार‘लप्पन छप्पन २’बाट पुरुषोत्तम प्रधान, उत्कृष्ट सम्पादक ‘दोख’बाट निमेष श्रेष्ठले प्राप्त गरे ।

 

त्यस्तै, ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा विनिथ द ब्रेभरी’ले भने निर्णायक विशेष छनोट पुरस्कार प्राप्त गरे । आदिवासी जनजाती चलचित्रतर्फ गुरुङ्ग चलचित्र ‘ह्युलन छयाँब’ उत्कृष्ट बन्यो । २०७८ सालको विशेष चलचित्र ‘टुल्की’ र ‘नीरमाया’ बने भने २०७९ सालको विशेष चलचित्र ‘बुलाकी’, ‘प्रसाद २’ र ‘चिसो मान्छे’ घोषित भए ।

 

सम्मान समारोहमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री लक्ष्मी गिरीलाई ३ लाख ७५ हजार नगद, ताम्रपत्र र दोसल्लासहित दिर्घ साधना सम्मान प्रदान गरिएको थियो । साथै, अन्य ३५ जना चलचित्रकर्मीहरूलाई प्रमाण पत्रसहित बिशेष योगदान सम्मान प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार