देशमा छाएको निराशाको मौका छोेपेर नयाँ दलले व्यापार गर्न थाले : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा छाएको निराशाको मौका छोपर नयाँ दलले व्यापार गर्न थालेको टिप्पणी गरेका छन ।
नेपाली कांग्रेस शिवसताक्षी नगर सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खोलेर छानबिनको प्रक्रिया सुरु गरेकामा केही आशा जगाएको बताएका छन ।
केही दल आगामी निर्वाचनमा जित हारको मात्र चिन्ता गरेर बसेको उल्लेख गर्दै थापाले त्यो चिन्ता पार्टीको मात्र स्वार्थ भएकाले अवसर प्राप्तिका लागि सरकार अघि बढ्नुपर्ने उल्लेख गरे ।
प्रतिकृया दिनुहोस