बजेट : कृषिमा दर्जनौ नयाँ कार्यक्रम

काठमाडौं । सरकारले ‘उत्पादन साथमा,अनुदान हातमा’ कार्यक्रम घोषणा गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषकका लागि ‘उत्पादन साथमा,अनुदान हातमा’ कार्यक्रम घोषणा गरेका छन।किसानलाई उत्पादनमा प्रोत्साहन दिन यो कार्यक्रम ल्याइएको उनको भनाइ छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु। ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरिएको छ ।सरकारले ल्याएका कार्यक्रमबाट आगामी वर्ष जीडीपीमा कृषि क्षेत्रको योगदान बढ्ने सरकारको अपेक्षा छ ।
बीउ खरिद,रासायनिक मल,बीमा र यान्त्रिकीकरणमा दिइँदै आएको अनुदान बाहेकका बाँकी सबै प्रकारका कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने बजेटमा उल्लेख छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस