• बुधबार ३-६-२०८१/Wednesday 06-19-2024
अर्थ

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुखकार्यकारी अधिकृतमा पदमाश्री युगेशभक्तबादे श्रेष्ठ नियुक्ति

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पदमाश्री युगेशभक्तबादे श्रेष्ठ नियुक्त भएका छन ।

 

श्रेष्ठको नियुक्तिको लागि कम्पनीको संचालक समितिको वैशाख २७ गतेको बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो ।

 

 कम्पनीको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट जेठ ५ को पत्र मार्फत स्वीकृति प्राप्त भई कम्पनीको जेठ ९ गते बसेको संचालक समितिको बैठकमा कम्पनीका अध्यक्ष हेमराज ढकालले शपथ ग्रहण गराएका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार