• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
बिश्व

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालत परिसरबाटै पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई इस्लामाबादस्थित अदालत परिसरबाट अर्धसैनिक बलका अधिकारीहरूले गिरफ्तार गरेका छन्। भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन लागेका थिए।

 

आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपले अभिप्रेरित भएको भन्दै पूर्वप्रधानमन्त्री खानले तिनलाई अस्वीकार गर्दै आएका छन्।अदातल परिसर प्रवेश गरेपछि सुरक्षाकर्मीले खानलाई बख्तरबन्द गाडीमा राखेर लगेका थिए।त्यसयता उनले समयअगावै निर्वाचन गरिनुपर्ने भन्दै अभियान चलाउँदै आएका छन्।

 

सत्ताबाट बाहिरिएयता इमरान खानविरुद्ध दर्जनौँ मुद्दा चलाइएका छन्।सोमवार मात्रै पाकिस्तानी सेनाले 'आधारहीन आरोपहरू' नलगाउन चेतावनी दिएको थियो।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार