संसद बैठकमै अर्धनग्न बने अमरेश कुमार सिंह

काठमाडौं। प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो कपडा खोलेर बिरोध जनाएका छन् । अर्धनग्न बनेका उनलाई सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरिरहेका थिए ।
सोमवारको प्रतिनिधि सभा बैठकको शुरुमै बोल्नका लागि हात उठाएका सांसद सिंहले बोल्न समय पाएका थिएनन् । सांसदहरु सिंह र प्रेम सुवालले आकस्मिक समयमा बोल्नुपर्ने माग गर्दै हात उठाएर बैठकमा उठेका थिए ।
पटकपटकको चेतावनीपछि सांसद सिंहले कपडा लगाए लगतै सभामुखले शून्य समय सञ्चालन गरे ।
प्रतिकृया दिनुहोस