रवी ओडको स्वरमा 'ओई मेरी रामप्यारी' सार्वजनिक

काठमाडौं। नेपाल आइडल सिजन २ विजेता गायक रवी ओडको स्वर रहेको 'ओई मेरी रामप्यारी'को भिडियो सार्वजनिक भएको छ । अभिनेता सुशान्त कार्कीले अभिनय गरेको म्युजिक भिडियोमा मोडल लोसिना लामिछानेले साथ दिएकी छन् ।
सार्वजनिक म्युजिक भिडियोमा सुशान्तलाई हर्क साउँदको शब्द रचना र एसडी योगीको संगीत रहेको छ । शिवराम श्रेष्ठकको डिओपी रहेको भिडियोमा नविन निरौलाको कलर तथा सम्पाद र प्रमोद कुमार भण्डारीको कोरियोग्राफी र निर्देशन छ ।
गीततलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । कार्कीले तीन घुम्ती, सपना तिम्रो मेरो आदि फिल्ममा अभिनय गरेका छन् ।
प्रतिकृया दिनुहोस