• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
अर्थ

दूधको मूल्यमा वृद्धि

काठमाडौं । सरकारले दूधको मूल्य वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य वृद्धि गरेको हो । बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

 

 

दूधको मूल्य बढाउनु पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रिपरिषद्‌मा पेश गरेपछि सरकारले मूल्य बढाएको हो ।मूल्यवृद्धि पछि किसानले बिक्री गर्ने दूधको मूल्य ५६ रुपैयाँबाट बढेर ६५ रुपैयाँ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार