विमान दुर्घटनाबारे सदन र जनतालाई जानकारी गराउन काँग्रेसको माग

काठमाडौं। बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै कांग्रेस सांसद रमेश लेखकले पोखरामा भएको हवाइ जहाज दुर्घटनाबारे जानकारी दिन सरकारको ध्यानाकर्षण गराएका छन ।
उनले माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गरे ।
विमान दुर्घटनाबारे सरकारले जानकारी गराउने बिहीबारको बैठकको कार्यसूचीमा समावेश हुने आफूले अपेक्षा गरेको भए पनि त्यस्तो नभएको भन्दै आपत्ति जनाए ।
प्रतिकृया दिनुहोस