• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

सिट बाँडफाँटका लागि कार्यदल बैठक बस्दै

काठमाडौं ।  प्रदेश सभा र सङ्घको निर्वाचनमा सिट बाँडफाँटका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज बस्दैछ ।

 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  अपरान्ह ४ बजे  बस्ने बैठकले सङ्घीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट बाँडफाँटको प्रारम्भिक खाकामा छलफल गर्ने कार्यदलमा सहभागी नेताहरूले बताएका छन् ।

 

२०७४ सालको निर्वाचन र गत ३० बैशाखको स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँटमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँडको मोडालिटीमा छलफल गरेर शीर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन दिनेछ । कार्यदललाई सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले छिटोभन्दा छिटो प्रतिवेदन दिन निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार