• बिहीबार ६-१८-२०८०/Thursday 10-05-2023
मनोरञ्जन

दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु

काठमाडौं । दोहोरी गायिका दिलमाया सुनार काठमाडौंस्थित डेरामा मृत भेटिएकी छन् ।

 

प्रहरी वृत्त बालाजुका अनुसार शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा भेटिएकी हुन्।सुर्खेत घर भएकी उनले शुक्रबार राति काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको भन्दै सामाजिक सञ्जालमामा स्टाटस पनि लेखेकी थिइन् ।

 

घटनाबारे प्रहरीले  अनुसन्धान गरिरहेको छ । उनको मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार श्रेष्ठ शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको थाहा भएको छ ।

 

३० वर्षीया गायिका दिलमायाले चर्चित ख्यातिप्राप्त लोक दोहोरी गायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी छन् भने उनी लाइभ दोहोरी गीतका कारण पनि थिइन् । दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले उनको निधनमा शोक व्यक्त गर्दै दिलमायाको निधनले आफू स्तब्ध भएको बताएका छन् 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार