ईजरायली सेनाद्वारा अलजजिराकी पत्रकार सिरिन अबुको हत्या

काठमाडौं । अलजजिरा टेलिभिजनकी पत्रकार सिरिन अबु अकलेहलाई ईजरायली सेनाले गोली हानी हत्या गरेको छ ।
प्यालेस्टाइनबाट अलजजिराका लागि रिपोर्टिङ गर्ने ५१ वर्षिया पत्रकार सिरिनलाई पश्चिम किनारामा मंगलबार इजरयली सेनाको गोली हानेको समाचारहरुमा उल्लेख छ ।
तनाव बढिरहेको पश्चिम किनाराको जेनिन सहरमा उनी रिपोर्टिङका लागि खटिएकी थिइन । घटनामा उनीसँग रिपोर्टिङ गरिरहेका अर्का पत्रकार अली समोदी पनि घाइते भएका छन् ।एजेन्सी
प्रतिकृया दिनुहोस