कसलाई भोट ?
मतदाताले आउँदो चुनाव कसलाई भोट हाल्ने ?
राम्रो निधो गर्नु पर्यो कसलाई पाल्ने फाल्ने
पार्टीबीच जुहारी छ जहिल्यै तथानामका
कुराकानी हुन छाड्यो बिकाशको कामका
प्रतिस्पर्धी दुईआधार छन् कि गाली कि भजन
निकै हल्का हुँदैछ राजनीतिको वजन
योजनाका कुरा प्रायः लागे लाखापाखा
संकटमा छ अर्थतन्त्र ऋण बोकेको खाका
नेता भएका छन बिप्रेषण सुविधाको भोगी
जनतालाई महंगीले बनाएको छ जोगी
कर छली चन्दा दिने ब्यापारीको धन्दा
रिझाएर ठग्न पाइने अस्त्र भएको छ चन्दा
भाउ बढाउने सुबिधा छ चन्दा दिएकै आडमा
महंगीले सेकेको छ गरिबको ढाडमा
गालीदान तालिमानले भरिदैन पेट
अव पनि गल्ति भए हुन्छ चंङ्गा चेट
त्यसैकारण आउँदो चुनाव राम्रो नेता छानौं
पुनः गल्ति गरें भन्ने कसैले नठानौ ।।
प्रतिकृया दिनुहोस