• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
शिक्षा

सेण्ट लरेन्स कलेजका प्रिन्सिपल महर्जनलाई राष्ट्रिय शिक्षा सम्मान

काठमाडौं । गुणस्तरीय शिक्षाका लागि सबैको रोजाइमा पर्दै आएको राजधानीको चावहिलस्थित सेण्ट लरेन्स कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जन राष्ट्रिय शिक्षा सम्मान २०७९ द्वारा सम्मानित भएका छन । 

 

विगत लामो समयदेखि शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै फोकस नेपाल संस्थाले उनलाई सम्मान गरेको हो । 

 

नयाँ वर्ष तथा लोकतन्त्र दिवसको अवसरमा राष्ट्रिय नाचघर जमलमा आयोजित एक कार्यक्रमका बिच प्रिन्सिपल महर्जनलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान दिएका थिए । कार्यक्रममा पूर्वमन्त्री दिनानाथ शर्मा र फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल लगायतको उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार