• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
प्रविधी

‘भेटायो’ एप सञ्चालनमा

काठमाण्डौ । छिटो र सजिलो तरिकाले घरेलु तथा व्यवसायिक सेवा प्रदान गर्न भेटायो एप सञ्चालनमा आएको छ। २०२१ को नोभेम्बरबाट सुरु भएको उक्त एपले हाल काठमाण्डौ उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको जनाएको छ। 

 

भेटायोको सुरुआत खासगरी समयमै कुनै पनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरुलाई एकीकृत गर्ने र उनीहरुलाई ग्राहकसँग सजिलै जोड्नका लागि सहयोग गर्ने अनलाइन प्लेटफर्मको विकास गरेको छ।

 

ग्राहकको अमूल्य समयलाई ध्यानमा राखी ग्राहककै घरदैलोमा व्यावसायिक सेवा सजिलै उपलब्ध गराउनका लागि यो अनलाइन प्लेटफर्म निर्माण गर्ने निर्णय गरिएकको कम्पनीले जनाएको छ। जहाँ प्रयोगकर्ताले भरपर्दो र व्यावसायिक सेवा प्रदायकहरूसँग सजिलै जोडिन सक्ने कम्पनीले दाबी छ। 

 

भेटायो एप किन प्रयोग गर्ने ?

१. उचित र पारदर्शी मूल्य प्राप्त गर्न

२. अनुभवी सेवा प्रदायक छनोट गर्न

३. सेवामा ३० दिनको ग्यारेन्टी पाउन

विविध प्रकारका सेवाहरु सजिलै पाउन

 

कसरी अर्डर गर्ने वा सेवा बुक गर्ने ?


दर्ता
हाम्रो एप डाउनलोड गर्नुहोस् र आवश्यक विवरणहरूको साथ दर्ता फारम भर्नुहोस् । जसमा नाम, ठेगाना, इमेल आईडी र सम्पर्क विवरणहरू आदि भर्ने वा आफ्नो फेसबुक खाताबाट पनि लग९इन गर्न सक्नुहुनेछ ।

सेवा लिन
एकचोटि तपाईंले दर्ता गरिसकेपछि, तपाईंले खोजिरहनु भएको कुनै पनि आवश्यक सेवा खोज्नुहोस् र आफ्नो सेवा प्रदायकको मूल्याङ्कन र विगतका ग्राहक विवरणहरू हेरेर छनौट गर्नुहोस् ।

निश्चितता
तपाईंको सुविधा अनुसार समय तालिका मिलाएर बुक गर्नुहोस् । सेवा प्रदायक सो अनुसार तपाईंको स्थानमा आइपुग्ने छन्। 

 

छोटो समयमै, भेटायो ले आफ्नो सञ्चालनको पहिलो महिनामा १००० भन्दा बढी प्रयोगकर्ताहरू र १०० भन्दा बढी सेवा प्रदायकहरू प्राप्त गर्न सफल भएको छ । तिनीहरूको सेवा क्षेत्र हाल काठमाडौं उपत्यकामा सीमित छ र निकट भविष्यमा अन्य शहरहरूमा विस्तार गर्ने योजना रहेको छ ।

 

भेटायोले घरेलु समस्याहरुलाई समाधान गर्नका लागि विभिन्न सेवाहरुद्वारा बजारमा परिवर्तन ल्याउने सोच बनाएको छ । परम्परागत र अव्यवसायिक दृष्टिकोणका कारण ग्राहकहरूको लागि सजिलो सेवा प्रायः चिन्ताको विषय बनेको छ ।

 

कार्यविधिलाई पालना नगरेको, सेवामा ढिलाई, समय तालिका व्यस्तता वा मूल्य एकरुपता नभएको आदि समस्याले गर्दा विभिन्न समस्या आइरहेका छन् तथा प्रयोग हुने सामग्रीहरू, तिनीहरूको गुणस्तर र लागत सहितका कुरा ग्राहकहरूलाई सामान्यतया जानकारी गराउदैनन् र मूल्यमा एकरुपतामा नहुने हुन्छ । भेटायोले यी चुनौतिहरू बारे सचेत गराउनका लागि र ग्राहकहरूलाई उनीहरूको सेवामा ग्यारेन्टी सहित पारदर्शी रुपमा समयमै सेवाहरू उपलब्ध गराउनका लागि प्रतिबद्ध रहेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार