• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकार ओलीलाई, रावलले गरे विरोध

काठमाडौं । नेकपा एमालेको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिएको छ ।

 

शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले यो प्रस्ताव राखेका हुन्, जसलाई अधिकांशले ताली बजाएर समर्थन गरेका छन् ।

 

पौडेलले उक्त प्रस्ताव राख्दा सबैले हुटिङ र ताली बजाएर समर्थन गरेका थिए । तर, अध्यक्षका दाबेदारी भीम रावलले भने त्यसको विरोध गर्दे विधान बमोजिम चल्नुपर्ने बताएका छन् ।

 

पौडेलको प्रस्ताव अनुसार अध्यक्ष ओलीले १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी पाएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार