• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक छ : देउवा

चितवन । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनपछि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत विभिन्न दलका नेताले शुभकामना दिएका छन्  ।

 


प्रधानमन्त्री देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक पर्ने बताए ।उनले दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्नेमा जोड दिए ।

 

पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राष्ट्रिय पार्टीका नेताले शुभकामना दिएका छन । सभामा शुभकामना दिन प्रधानमन्त्री देउवा विशेष अतिथिका रुपमा सहभागी भएका हुन् ।

 

त्यसैगरी नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले पनि नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि शुभकामना दिएका छन्  ।

 

महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको छ  । महाधिवेशनमा एमालेले ५ लाख नेता तथा कार्यकर्ता सहभागी गराउने  जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार