• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक,पुस २ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । निकेश खड्काको निर्देशनमा बनेको चलचित्र ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक भएको छ। 



२ मिनेट ३६ सेकेण्डको ट्रेलर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको छ।आगामी पुस २ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा अर्जुन कुमारको निर्माण हो भने स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय छ ।   
 

डिपी खनालको शब्द रचना, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको द्वन्द्व निर्देशन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, दिर्घ खड्काको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन रहेको ‘चपली हाइट ३’ क्राइम–थ्रिलर धारमा निर्माण भएको चलचित्र हो ।

 

 नरेन्द्र महर्जन र हेमन्त धामी कार्यकारी निर्माता रहेको चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका छन् ।
 

ट्रेलर :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार