१० बुदेँ भन्ने साथीहरुको कस्तो हरिबिजोग !
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमाले एकता गर्न बनाइएको १० बुँदे कार्यान्वयन कार्यदलको बिजोग देखिएको बताएका छन् ।
शनिबार पार्टीद्वारा सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा अध्यक्ष शुक्रबार कार्यदलका संयोजक भीम रावलले दिएको राजीनामाप्रति संकेत गर्दै १० बुँदेको बिजोग देखिएको बताए ।
उनले भने,‘आदेशको पालना गर्यो भने स्यावास, उ बस्न पाउँछ। आदेशको पालना गरेन भने कति ट्याउँ-ट्याउँ गरेको १० बुँदेको भनेर सुन्नुपर्छ। सुन्नु भएको छैन, १० बुँदेको ट्याउँ-ट्याउँ । अब १० बुदेँ भन्ने साथीहरुको कस्तो हरिबिजोग।’
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस