• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

आज साढे १७ अंकले बढ्यो नेप्से

काठमाडौं । नेप्से परिसूचक आइतबार दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से १७.५९ अंक बढेर २६५६.९६ विन्दुमा बन्द भएको छ।

 

आज ठूला कम्पनीको शेयर कारोबार मापन इन्डेक्स ३.१७ अंकले बढेर ४९७.३९ विन्दुमा पुगेको छ। कारोबारमा आएका १३ समूहमध्ये सामूहिक लगानी कोषको परिसूचक ०.१८ अंकले ओरालो लागेको छ।

 

आज सबैभन्दा बढी होटल तथा पर्यटनको परिसूचक ३.५१ प्रतिशतले वृद्धि भएको छ। यस्तै अन्यको २.०६, विकास बैंकको १.३७, व्यापारको १.३९, निर्जीव विमाको १.०३ प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ।

 

आज २१८ कम्पनीको ४७ लाख ६० हजार २९५ कित्ता शेयर १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३७१ रुपैयाँमा कारोबार भएको छ। यस्तै नबिल बैंकको ८ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, हिमालयन डिष्टिलरीको ७ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

 

आज चन्द्रागिरी हिल्सको शेयर मूल्य  सर्वाधिक ६.९७ प्रतिशत बढेको छ। त्यसैगरी, हिमालयन उर्जाको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने घलेम्दी हाइड्रोपावर र कामना सेवा विकास बैंकको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य सर्वाधिक ५.६६ प्रतिशत घटेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार