• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

एकीकृत समाजवादीले बुझायो प्रधामन्त्री देउवालाई ६ मन्त्रीको नाम

काठमाडौं । माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) बाट देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गरेर पठाएको छ।

 

आइतबार बसेको गठबन्धनको बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नोतर्फबाट मन्त्री बन्ने ६ मन्त्रीको सूची बुझाएका नेकपा एसका एक नेताले जानकारी दिए।

 

मन्त्री बन्नेहरुमा विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठ रहेको ती नेताले बताएका छन् । आजको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर भोलिसम्म सरकार विस्तार गर्ने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार