एमालेको नाराबाजीबीच दल विभाजन सम्बन्धी अध्यादेश पेस, बैठक २५ गतेसम्मका लागि स्थगित
काठमाडौं । एमालेको नाराबाजीबीच गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश संसद्मा पेस गरेका छन् ।
बुधबार तेस्रोपटक बसेको बैठकमा सभामुख अग्नि सापकोटाले एमालेको विरोधकाबीच गृहमन्त्रीलाई दलसम्बन्धी अध्यादेस पेस गर्न अनुमति दिएका थिए ।
बुधबार ४ बजे सुरु भएको बैठक सुरु हुनासाथ एमालेले हलभित्र नाराबाजी गरेका थिए । त्यसपछि सभामुख सापकोटाले १५ मिनेटपछि बैठक आह्वान गरेका थिए ।
१५ मिनेटपछि बसिएको बैठक पनि एमालेले अवरुद्ध गरेपछि बैठक भदौ २५ गतेसम्मका लागि स्थगित भएको छ । अर्को बैठक आगामी शुक्रबार दिउँसो १ बजे बस्नेछ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस