• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

नायिका शर्मालाई पुत्र लाभ

काठमाडौं । नायिका ऋचा शर्माले छोरालाई जन्म दिएकी छिन्। आज बिहान उनले छोरालाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ। बिहान ७ः५२ बजे अभिनेत्री शर्माले छोरालाई जन्म दिएकी हुन्।

 

नायिका ऋचा शर्माले करिब २ वर्ष अगाडि दिपेक्षा विक्रम राणासँग बिहे गरेकी थिइन्। पहिलो चरणको लकडाउनपछि ऋचा गर्भवती भएकी थिइन् ।

 

शर्माले बुधबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा स्वस्थ शिशुलाई जन्म दिएकी हुन्। नवजात शिशुको तौल ३.१४ किलोग्राम  रहेको हस्पिटल स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार