• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

जसपाको आधिकारिकताबारे फेरि सर्वोच्चको ढोका ढक्ढक्याउन पुगे महन्थ ठाकुर

काठमाडौं । उपेन्द्र यादव पक्षलाई  निर्वाचन आयोगले दिएको जसपाको आधिकारिकता निर्णय विरुद्ध महन्थ ठाकुरले फेरि सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

 

यसअघि पनि पार्टी आधिकारिकता लागि ‘हेड काउन्ट’ गर्न निर्वाचन आयोगले बोलाउँदा सर्वोच्च गएका उनी आधिकारिकता विवाद टुंगेपछि  शुक्रबार सर्वोच्च अदालत पुगेका हुन् ।

 

सर्वोच्चमा दर्ता भएको रिटमा यादव पक्षलाई आयोगले दिएको आधिकारिता र आफ्नो समूहलाई नयाँ दल दर्ता गर्न दिने भनिएको निर्णय बदर गर्न माग गरिएको छ ।

 

सर्वोच्चमा निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएर दायर गरिएको रिट शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा.कुमार चुडालको संयुक्त इजलासले लगाउमा राखी पेस गर्ने आदेश दिएको छ । पेशी आइतबारका लागि तोकिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार