• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

देउवा र प्रचण्डबीच भेटवार्ता,मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे कुराकानी भएको छ ।

 

(आज) बिहीबार या शुक्रबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भए पनि मन्त्रीको टुङ्गो लगाउन भने बाँकी छ। बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको थियो । मन्त्री बन्ने व्यक्तिको टुङ्गो नलाग्दा प्रधानमन्त्रीमा नियुक्त भएको दुई हप्ता बित्दासमेत देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

 

प्रधानमन्त्री देउवालाई पार्टीभित्रको आन्तरिक कारण र सत्ता साझेदार दलहरूको विभिन्न कारणले मन्त्रिमण्डललाई पूर्णता दिन सकस परेको उनी निकटका एक नेताले बताएका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार