• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
पत्रपत्रिका

बैंकिङ प्रणाली सुरक्षित छ

काठमाडौं । बैंकिङ प्रणाली ह्याकरबाट सुरक्षित रहेको र कुनै जोखिम नदेखिएको नेपाल राष्ट्र बैंकले प्रष्ट पारेको छ । 

 

विभिन्न बैंकको प्रणाली ह्याक गर्ने ह्याकरको चेतावनी सार्वजनिक भएपछि केन्द्रीय बैंक, नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का साथै सबै बैंकको सिस्टम परीक्षण गरिएको र कुनै समस्या नदेखिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए ।

 

“ह्याकिङको चेतावनी सार्वजनिक भएपछि हामीले केन्द्रीय बैंकसहित सबै बैंकको सिस्टम चेक गरेका छौं,” उनले भने,“हाम्रो अनुसन्धानमा कुनै जोखिम देखिएको छैन।” सर्वसाधारणलाई आतंकित बनाउने हिसावले नक्कली ईमेल आएको हुनसक्ने भन्दै यसबारे थप अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोलाई अनुरोध गरिएको उनले बताए ।

 

ह्याकरले राष्ट्र बैंकसहित कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको नाम उल्लेख गरेर ४८ घण्टाभित्र सिस्टम ह्याक गर्ने चेतावनी दिएका थिए। यसबाट नेपालको बैंकिङ प्रणालीको सुरक्षाको अवस्था परीक्षण गर्ने र थप सचेत हुने अवसर भएको प्रवक्ता ढकालले बताए ।

 

यसअघि केही नेपाली बैंकको एटिएम सिस्टम ह्याक गरी रकम चोरी हुँदै आएको छ। बैंकका पूर्व कर्मचारीका साथै विदेशी नागरिकले समेत एटिएमबाट रकम चोरी गरेका छन् । तर, नेपाली बैंकको सिस्टम ह्याक गर्न त्यति सहज नभएको तथा बैक तथा वित्तीय संस्था तथा सर्वसाधारण आत्तिन नपर्ने केन्द्रीय बैंकको भनाइ छ ।

 

पछिल्लो पटक २०७६ भदौमा चिनियाँ ह्याकरहरुले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम ९नेप्स० को सिस्टम ह्याक गरी विभिन्न बैंकको नक्कली भिसा कार्ड प्रयोग गरी आधा दर्जन बैंकको एक करोड ६८ लाख चोरी भएको थियो ।कारोवार

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार