• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
पत्रपत्रिका

खाडी मुलुकमा रहेका नेपालीले अक्सिजन सिलिन्डर नेपाल पठाउने

 काठमाडौं । खाडी मुलुकमा रहेका नेपालीको समन्वयमा छ सय अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाउने तयार गरिएको छ । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोनाका कारण सङ्क्रमण हुने दर निकै बढेपछि खाडीमा रहेका नेपालीको समन्वयमा त्यो सङ्ख्याका अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाउन थालिएको हो ।


ओमानस्थित नेपाली दूतावासले खरिद गरिएका अक्सिजन सिलिन्डर नेपाल पठाउनका लागि परराष्ट्र मन्त्रालयमार्फत सहजीकरण गरिररहेको जनाएको छ ।

 


साथै खरिद गरिएका सिलिन्डर नेपाल पठाउने विषयमा दूतावासले नेपाल एयरलाइन्ससँग कुराकानी भइरहेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिनुभयो । राजदूत ढकालका अनुसार अक्सिजन सिलिन्डर खरिद गरिसकेकाले जतिसक्दो छिटो नेपाल पठाउन दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल एयरलाइन्समार्फत पेपर वर्क गरिरहेको छ ।

 


खाडी मुलुकमा कार्यरत नेपालीको संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले स्वतःस्फूर्त आर्थिक सहयोग गरेर सिलिन्डर खरिद गरिसकेको र आइतबारसम्म नेपाल पठाउने तयारी गरिरहेको जनाइएको छ ।गोरखापत्र 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार