• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

प्रचण्ड–नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल समूहले थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको छ । 

 

सोमबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्ड नेपाल समूहले माघ १३ देखि २८ गतेसम्म विरोध गर्ने गरी कार्यक्रम सार्वजनिक गरेको हो ।

 

ओली समूह तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले एकअर्कोको चर्को आलोचना गर्दै आएका छन्  ।

 

 प्रचण्ड-नेपाल समूहले ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन मात्र नभएर संविधान, गणतन्त्र र शान्तिप्रक्रिया पनि विघटन गर्न खोजेको भन्दै बिरोध गर्दै आइरहेको छ ।

 

घोषित कार्यक्रमअनुसार यहि १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्जली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार