नेप्सेले २२ सय विन्दु पार गर्यो
काठमाडौं । शेयर बजार परिसूचक नेप्सेले २२ सय विन्दु पार गरेको छ । पछिल्लो एक महिनादेखि पटक-पटक रेकर्ड तोड्दै आएको नेप्से आइतबार ४१ दशमलव २४ अङ्कले बढेर २ हजार २ सय ३५ दशमलव ७२ विन्दुमा पुगेको छ। आइतबार जीवन बीमाबाहेक अरू सबैजसो समूहको शेयर बढेको छ ।
बैंक समूहको शेयर ५९ अङ्कले, विकास बैंकको ८८ अङ्कले, व्यापारको ७८, होटलको २०, जलविद्युतको १६, उत्पादनको २५ र माइक्रोफाइनान्स समूहको शेयर २१ अङ्कले बढेको छ । आइतबार दुई सय सात कम्पनीका एक करोड ५० लाख ३० हजार कित्ता शेयर ६ अर्ब ३२ करोड ६६ लाख रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै प्रभु बैंकको ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ । प्रभु लाइफ इन्स्योरेन्स, नारायणी विकास बैंक, कुमारी बैंकलगायत ६ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस