• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

फिल्म 'बब बिश्वास' मा फरक भुमिकामा देखिँदै अभिनेता अभिषेक बच्चन

मुम्बई । फिल्म 'कहानी' का निर्देशक सुजोय घोषकी छोरी दिया अन्नपूर्णा घोष निर्देशित फिल्म 'बब बिश्वास' मा अभिनेता अभिषेक बच्चन केहि फरक भुमिकामा देखिएका छन् । 

 

थ्रिलर कथामा आधारित फिल्मको छायांकन स्थलबाट बच्चनले अभिनय गरिरहेका केही फरक तस्वीरहरु बाहिरीएका छन् । अहिले फिल्मको छायांकन धमाधम कोलकत्तामा चलिरहेको छ ।

 

फिल्ममा अभिनेत्री चित्रांगदा सिंह पनि मुख्य भूमिकामा देखिँदैछिन् भने अभिषेकले गरिरहेको 'बब बिश्वास' को भूमिका फिल्म 'कहानी' मा शाश्वता चटर्जीले गरेका थिए। दैनिक जागरण  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार