प्रचण्डलाई पदबाट हट्न भन्यो भने के हुन्छ ?
काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा आफूमाथि लगाइएका आरोप सही नभए कार्यकारी अध्यक्ष प्रचण्डले पदबाट हट्नुपर्ने बताएका छन् ।
हिजो बुधबार अन्तिम समयमा बैठकमा सहभागी भएका ओलीले १० दिनपछि त्यसको जवाफ दिने बताएका थिए । बैठकमा आफ्ना धारणा राख्दै ओलीले आफूमाथि लागेको आरोप सही भए आफू हट्ने अन्यथा आरोप लगाउने अर्का अध्यक्षले हट्नुपर्ने बताए ।
आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुईवटै पदबाट हटाउने तयारी गरिएको भन्दै ओलीले, आफूले पनि कार्यकारी अध्यक्ष प्रचण्डलाई पदबाट हट्न भन्यो भने के हुन्छ ? भनेर पनि प्रश्न गरेका छन्।
प्रधानमन्त्री ओलीले आरोपहरु बोकेर कोही पनि व्यक्ति अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न नमिल्ने बताए । प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक जीवन सिध्याउने गरी आरोपहरु लगाइएको भन्दै त्यसको जवाफ लिखित रुपमा नै दिने बताएका छन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस