• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) ले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । 

 

संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्रीले राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुखलगायतसँग छलफल गरेर यस्तो निर्णय गरेको जानकारी दिए ।

 

संसदीय दलको नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका बेलामा पार्टी नेता तथा सबै सांसदहरुले सादा ढंगले दसैं मनाउने र सबैलाई त्यही आग्रह गर्ने निर्णय गरेको पनि नेम्वाङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार