• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

पूर्वप्रधानमन्त्री भट्टराईको आरोपमा कुनै सत्यता छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूसहित अन्य पूर्वप्रधानमन्त्रीमाथि लगाएको आरोपको खण्डन गरेका छन् ।

 

६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भट्टराईको आरोपमा कुनै सत्यता नभएको बताए। उनले गलत कुराको प्रचार गरिएको दावी ओलीले गरे ।

 

सरकारले भ्रष्टाचारविरूद्ध शून्य सहनशिलता नीति लिएको पनि प्रधानमन्त्रीले बताए । केही तत्वहरू गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको आफूले सुनेको उनको भनाइ थियो ।

 

केही दिनअघि एक कार्यक्रममा भट्टराईले प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहालले बूढीगण्डकी जलविद्युत् आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण आफूसँग रहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार