• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

नेकपा सचिवालय बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

 

साढे १२ बजे बस्ने बैठकमा यसअघि पेस गरिएको कार्यसूचीमा छलफल हुनेछ। कार्यसूचीमाथि थप गृहकार्य गर्न हिजो सोमबारका लागि तय बैठक मंगलबार आजका लागि सारिएको हो।

 

गत आइतबार पार्टी कार्यलय पेरिडाँडामा बसेको बैठकले मन्त्रीमण्डल फेरबदल गर्ने र राजनीतिक नियुक्तिहरुका बारेमा छलफल गर्ने निर्णय गरेको थियो।

 

आजको बैठकमा अहिले भइरहेका मन्त्रीहरुको कामको समिक्षा गर्ने र मन्त्रीहरु फेरबदलको मापदण्ड बनाउने बारेमा छलफल हुने एक नेकपाका नेताले जानकारी दिए।

 

यसअघि हिजो प्रधानमन्त्री केपी शर्मा ओली र  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तय कार्यसूची भित्रका एजेण्डा आजको बैठकमा टुंग्याउनेगरी छलफल गरको थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार