• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
मनोरञ्जन

लोक दोहोरी गीत 'सानु' मा नायक आकाश र नायिका एलिजाको अभिनय

काठमाडौं । नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम अभिनय रहेको लोक दोहोरी गीत “सानु” सार्वजनिक भएको छ ।

 

डि.ए.आर मुभिजले बजारमा ल्याएको गीतमा  प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको आवाज रहेको छ । कमल सरगम, लय घमेश दुलालको शब्द रहेको गीतमा एरेन्ज कमल सौराग, रेकर्डिष्ट बिमल एरिस छिनालको छ ।

 

प्रभावन जे को निर्देशन रहेको म्युजिक भिडियोमा नायिका एलिजा गौतम,नायक आकाश श्रेष्ठको साथमा गुराँस ढकाल र बाल कलाकार समाइरा थापाको अभिनय रहेको छ। गीतको छायांकन ज्ञानेन्द्र शर्मा हुंमागाई, कोरियोग्राफ सन्तोष राजबाहक,सहायक निर्देशन राजाराम गौतमले गरेका छन् । 

 

नायक आकाश र नायिका एलिजाले संगै काम गरेको यो पहिलो गीत हो  भने आधुनिक गायकका रुपमा स्थापित प्रताप दासको पनि पहिलो लोक दोहोरी हो ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार