नयाँ उखान
जनताको नेतालाई जनताकै डर,
ज्यानको सुरक्षा बन्दुकको भर,
सेना बोलाउ भने बसौँ कहाँ ?
बसौँ भने सेना पठाउँ कहाँ ?
हिसाब देखाउँ भने खाउँ के ?
खाउँ भने हिसाब देखाउँ के ?
सिमानामा गए चिहान मुनि
भित्रै बसे चिता माथि आगो मुनि
बाँचु भने साँचो बोलौ कसरी
साँचो बोलौ भने बाँचु कसरी
दुई नेता बीच कुरो मिलेन, लौन अब के गर्ने ?
दुई जना बीच कुरा मिलाउन ६ जनाको समिति गठन गर्ने
समितिले बैठक बोलाउने कसरी कुरो मिलाउने छलफल गर्ने
समितिमा कोको राख्ने त्यसमा दुबैको कुरा मिल्ने !!
समितिका नयाँ नियुक्तले अब बैठक कहिले कहाँ गर्ने ?
त्यो ठाउँ र मिती अब सबैको सहमतिबाटै तय गर्ने
त्यो तय भएपछि काम फटाफट गर्ने
काम गर्दै ६ जनाको समितिले १४ दिनमा १५ प्रस्ताव पेश गर्ने
१५ प्रस्ताबमा २० जनाले साढे तीन घण्टा बहस गर्ने
बहसमा पनि कुरो मिलेन अब अर्को दिन बहस गर्ने
अर्को बैठकको दिन अब कहिले जुर्ने बैठक कहाँ हो गर्ने ?
यति प्रक्रिया मै कति खर्च भयो त्यसको हिसाब को गर्ने ?
प्रतिकृया दिनुहोस