• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

लामो दुरी, हवाइ सेवा र विद्यार्थी भर्ना भदौ १५ सम्म  बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले भदौ १५ गतेसम्म हवाइ र लामो दूरीको यातायात बन्द गर्ने निर्णय गरेको छ। सोमबार बेलुका बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेपछि मात्र आन्तरिक तथा बाह्या हवाइ सेवा खोल्ने र लामो दूरीको यातायात चलाउन दिने निर्णय गरेको हो।

 

यसअघि सरकारले गरेको निर्णय अनुसार भदौ १ गतेबाट विद्यार्थी भर्ना लिन सकिने थियो । तर सोमबारको निर्णयअनुसार भदौ १ गतेबाट गर्ने भनिएका सबै काम भदौ मसान्तसम्म लम्ब्याइएको छ ।

 

देशैभर कोरोनाको महामारी बढेपछि सरकारले सवारी साधन तत्काल खुला नगर्ने निर्णयमा पुगेको एक मन्त्रीले बताए । । यस्तै मन्त्रिपरिषद्ले भारतबाट प्रवेश गर्ने नाका २० गतेबाट बाट घटाएर १० गतेमा झार्ने निर्णय पनि गरेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार