आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनायो
काठमाडौं । बुधबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । एकैदिन सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको हो ।
छापावाल सुनको भाउ तोलाको ९४ हजार कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा एक हजार तीन सयले नै बढेर ९३ हजार ५ सय ६० पुगेको छ ।
यस्तै चाँदीको भाउ पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदी आज ९बिहीबार० ११ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस