• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
पत्रपत्रिका

ज्योति ग्रुपमा लफडा, एकले अर्कोलाई ठग्यो भन्दै प्रहरी प्रशासनको शरणमा

काठमाडौं । नेपालको व्यावसायिक क्षेत्रमा एउटा इतिहास बोकेको ‘ज्योति ग्रुप’ एकपछि अर्को काण्डमा फस्दै गएको छ । ग्राहकलाई ठगी गरेको आरोपमा पक्राउ परेका यस ग्रुपका सञ्चालकहरू अहिले एकले अर्कोलाई ठग्यो भन्दै प्रहरी प्रशासनको शरणमा पुगेका छन् ।

 

पारिवारिक सदस्यहरू नै सञ्चालक रहेको यो ग्रुपमा अन्य साझेदारले होइन आफ्नै दाजुभाइले एक–अर्कालाई ठगी गरेको, झुक्काएको, विश्वासघात गरेको भन्दै प्रहरीलाई गुहार्न पुगेका हुन् । प्राप्त जानकारीअनुसार ज्योति ग्रुपका उपाध्यक्ष डा.रुप ज्योतिले दाइ पद्म ज्योतिका छोराहरू सौरभ ज्योति र सुहृद ज्योतिविरुद्ध महानगरीय प्रहरी परिसरको अपराध अनुसन्धान महाशाखामा उजुरी गरेका हुन् । डा.रुप ज्योतिले भतिजहरूले छल गरी कम्पनी हत्याएको, सम्पत्ति खोसेको भन्दै प्रहरीमा उजुरी गरेका छन् ।

 

डा.रुप ज्योतिले पर्साको परवानीपुरस्थित आफ्नो नाममा रहेको पाँच बिगाह जग्गा जेठो भतिज सौरभले बिक्री गरेको र कान्छो भतिज सुहृद आफनो नाममा भएको भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीमा ‘कर्पोरेट फ्रड’ गरी करोडौं रुपियाँ डुबाएको ओराप लगाएका छन् । स्रोतका अनुसार सुहदले आफ्नो ग्रुपअन्तर्गत रहेको भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीका विरुद्ध भाजुरत्न प्रालि नामक कम्पनी खोलेका छन् ।

 

त्यति मात्रै होइन भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीले बिक्री गर्दै आएको ट्याक्टरको डिलरसिप खोस्नुका साथै सो कम्पनीको स्वामित्वमा रहेको २० करोड रुपियाँभन्दा बढीको सामान पनि उठाएका छन् । वर्षौंदेखि भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीमा कार्यरत कर्मचारीलाई जबरजस्ती राजीनामा दिन लगाएर भाजुरत्न प्रालिमा नियुक्त गरेका छन् । कम्पनीको कम्प्युटर नेटवर्किङमा काकाको पहुँचबाट टाढा राखेको आरोप छ ।

 

नेपाल उद्योग वाणिज्य महासंघको आसान्न महाधिवेशनमा उपाध्यक्ष पदको उम्मेदवार रहेका सौरभ ज्योति र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायीलाई व्यावसायिक आचारसंहिता, व्यावसायिक मर्यादा सिकाउने संस्था राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) का पूर्वअध्यक्षसमेत पद्म ज्योतिको परिवारभित्र देखिएको यो किचलो अन्य व्यावसयिक घरानालाई समेत गतिलो पाठ भएको छ । नेपाल समाचारपत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार