• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

‘गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं’

काठमाडौं । सरकारले यातायात संचालन गर्न दिने निर्णय गरेपनि यातायता व्यवसायी महासंघले भने यस्तो महामारीको बेला सार्वजनिक सवारीका साधानहरु नचलाउने घोषणा गरेका छन् । 

 

पूर्व तयारी विना सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने भनेर गरेको निर्णय अव्यवहारिक भएको भन्दै महासंघले आपत्ती जनाएको छ । आज (शुक्रबार) पत्रकार सम्मेलन गरी महासंघले अहिलेको अवस्थामा यातायात सञ्चालन गर्न नसक्ने भन्दै पाँचबुँदे माग अघि सारेको छ ।

 

सरकारले हचुवाका भरमा यातायात सञ्चालन गर्न भनिएको भन्दै महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले आफूहरुले अघि सारेको पाँचबुँदे माग पूरा भए मात्र सवारी चलाउन सकिने नत्र गाडीको चाबी सरकारलाई बुझाउने चेतावनी दिए ।

 

महासंघको मागमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार यातायात मजदुर र आम यात्रुहरुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पुन बिचार गरिनुपर्ने , कागजपत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने, बन्दाबन्दीको अवस्थाको बिमा प्रिमियम छुट समयावधि समायोजन लगायत छन् ।

 

पाँचबुँदे माग पुरा नभए यातायात व्यवसायीको लगानीको वचत पत्र व्यवसायीलाई दिई बाँकी बैंक ऋण जिम्मा लिन र आफ्नो सवारीलाई राष्ट्रियकरण गर्नुपर्ने सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको माग गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार