• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

मास्क नलगाई घरबाहिर हिँड्नेलाई प्रहरीले पक्राउ गर्ने

काठमाडौं । मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

 

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रधान कार्यालयलाई यस्तो निर्देशन दिइएको जानकारी दिए ।

 

जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएको छ ।

 

निर्देशनको अवज्ञा गरेको पाइए पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने अधिकारीले बताए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार