• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
शिक्षा

रोकियो एसईई, विद्यालयको मूल्यांकनका आधारमा ग्रेडिङको मान्यता दिइने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार सााझ बसेको बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

 

विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाएकाले तत्काल परीक्षा सम्भव नभएपछि परीक्षा नै नगर्ने निर्णयमा पुगेको एक मन्त्रीले बताए । बैठकमा शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कन, प्रदेशगत रुपमा परीक्षा लिने  गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्प पेश गरेको थियो । 

 

यसवर्षको एसईई परीक्षा चैत ६ गतेदेखि तय भएको थियो । कोभिड–१९ विश्वव्यापी महामारी बनेपछि चैत ५ गते स्थगित भएको थियो । चैत ६ गतेदेखि तय भएको एसईई परीक्षा अन्तिम समयमा मात्रै स्थगित गरिएको थियो । एसईई दिने तयारीमा चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी थिए भने एकहजार नौ सय ९५ केन्द्र तोकिएको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार