• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

कांग्रेसका तीन सांसदद्वारा घरेलु हिंसा न्यूनिकरणको माग राख्दै संसदमा संकल्प प्रस्ताव दर्ता 

काठमाडौं । घरेलु हिंसा न्यूनिकरणको माग राख्दै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ । कांग्रेस सांसद डा. डिला संग्रौला पन्त, रंगमती शाही र लक्ष्मी परियार रहेका छन् ।

 

‘लकडाउनका कारण पीडितहरु उजुरी गर्न प्रहरी, स्थानीय निकायमा आउन नसकेको अवस्था भएकोले सरकारले निर्देशिका बनाई स्थानीयस्तरमा स्थानीय संरक्षण अधिकृत नियुक्ति गरी घरेलु हिंसाबाट पीडित भएका व्यक्तिलाई सेवा दिनको लागि सहायता कक्ष (हेल्प डेक्क) को स्थापना गर्ने जरुरी छ’, प्रस्तावमा भनिएको छ ।

 

सहज परिस्थितिमासमेत महिलामाथि हुने हिंसा भइरहेको र पछिल्लो केही महिनदेखि कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनको बीचमासमेत यस्ता खालका हिंसाहरु नरोकिएको भन्दै लकडाउनमा प्रभावकारी रुपमा कारवाहीको व्यवस्था मिलाउन संकल्प प्रस्तावमा संकल्पहरु गरिएको छ।

 

सांसदहरुले सरकारले गृह मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको समन्वयमा तत्काल पीडितलाई संरक्षण गर्नको लागि घुम्ति मोबाइल टोली निर्माण गरी अनुमगनको व्यवस्थालाई प्रभावकारी गर्नुपर्ने माग राखेका छन् ।

 

महिला आयोगमा रिक्त पदाधिकारी नियुक्ति गर्न तथा गृहमन्त्रालय तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत् पीडितहरुको संरक्षण गर्नसमेत संकल्प प्रस्तावमा व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार