• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

कोरोना टेस्ट किट्स किन्नका लागी फिल्मफेयर अवार्ड लिलाम गर्दै अनुराग कश्यप 

मुम्बई । कोरोना भाइरसले पुरै संसार आर्थिक संकटसँग लडिरहेको छ । लकडाउन हुँदा व्यापार बन्द भएको हुँदा सबैलाई समस्या सिर्जना भएको छ । यस संकटले फिल्मकर्मीलाई पनि अछुतो बनाएको पक्कै छैन ।


कोरोना भाइरसको टेस्ट गर्ने साधन धेरै नै महंगो भएकोले यो सबैको पहुँचमा पुग्न सक्ने अवस्था छैन भने सरकार सबैलाई यो आर्थिक संकटको बेला सबैलाई सहयोग गर्न सक्ने स्थीति नभएको दाबी गर्छ ।

 

यस्तो बेला निजी संघसंस्था र व्यक्तिहरुले  यो संकटबाट बाहिर निस्कन लगातार कदम उठाइरहेका छन । कोराना भाइरसको बिरुद्द लड्न निस्कने धेरै मध्य एक हुन् बलिउडका चर्चित निर्देशक अनुराग कश्यप ।

 

खरो स्वाभावका अनुराग सामाजिक संजालमा निरन्तर सरकारको कमजोरी र कामकार्य बारे टिप्पणी दिने गर्छन । सरकारको बिरोध गरेको भन्दै उनका बिरुद्ध धेरै नराम्रा प्रतिक्रिया आउने गर्छन । यसैबीच अनुरागले भारतमा  कोविड-१९ को टेस्ट किट जम्मा गर्न  पैसा जम्मा गर्ने भएका छन । 

 

अनुराग कश्यपले पैसा जुटाउन आफ्नो फिल्मफेयर ट्रफीलाई लिलाम बिक्रि गर्ने भएका छन । अनुराग कश्यपसँगै कमेडियन कुणाल कामरा र वरुण ग्रोवरले आफ्नो यूट्यूव वटन र ट्रफी लिलाम गर्ने भएका छन । उनीहरुको उद्देश्य भनेको आगामी ३० दिनमा १३,४४,००० रुपैयाँ जम्मा गर्ने हो । यसबाट जम्मा भएको पैसाले उनीहरु भाइरस जाच्न मिल्ने साधन किन्नेछन् र आम मानिसको लागि उपलब्ध गराउने छन ।

 

आफ्नो ट्वीटरमा यसबारे अनुरागले घोषणा गर्दै भने,'जसले धेरै मुल्य लगाउँछ, उसले पाउने छ  'ग्यांग अफ वासेपुर' को लागि मैले प्राप्त गरेको फिल्मफेयर अवार्ड ।' त्यस्तै वरुण ग्रोवरले आफुले प्राप्त गरेको ट्रफीको तस्वीर राख्दै भने, मैले 'मोह मोह की धागे' गीतको लागि प्राप्त गरेको यो ट्रफी सन् २०५० इबे मा राखी बुढेसकालमा आफ्नो लागि पैसा जुटाउन सक्थें तर अहिले देशको बचाउन पर्ने भएकोले यसको  प्रयोग गरेको छु । 

 

त्यस्तै कुणाल कामराले आफ्नो यूट्यूब बटन लिलाम गर्ने भएका छन । उनका अनुसार जसले  सबैभन्दा बढी  डोनेशन दिन्छ उसैलाई आफ्नो  यूट्यूब बटन दिने उनले घोषणा गरेका छन् । 

 

भारतमा कोरोना भाइरसको बिरामीको संख्या निरन्तर बढिरहेको छ । अहिलेसम्म एक लाखभन्दा बढी मानिस कोरोनाको चपेटामा परिसेका छन् । भारतको महाराष्ट्रमा सबैभन्दा बढी कोरोना संक्रमित छन । सरकारको बिभिन्न कोशिसले पनि देशको स्थीति अझै सुधार भएको पाइदैन। एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार