• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

लिम्पियाधुरासहितको नेपालको नक्सा मन्त्रिपरिषद्‍द्वारा पारित

काठमाडौं । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने निर्णय गरेको छ ।

 

आज बसेको मन्त्रिपरिषदको बैठकले नेपालको नक्सा लिम्पियाधुरासहितको भूभाग समेटेर जारी गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी गराए ।

 

बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नक्सा पेश गरेकी थिइन्।बैठकका उपस्थित एक मन्त्रीले भने, ‘लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा आज पारित भएको छ।’

 

मन्त्री अर्यालले यसअघि नै नक्सा तयार भइसकेको बताउँदै आएकी थिइन् । नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार