• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

गायक पौडेलको 'एकादेश' सार्वजनिक

काठमाडौं । अहिले  सामाजिक सञ्जाल र देशको राजनीति नेपाल(भारत सीमा विवादको कारण फेरि एकपटक तातेको छ ।

 

धेरैजनाले नेपाल सरकारप्रति आक्रोश व्यक्त गरिरहेका छन् भने कतिपय गायक कलाकारहरुले आफ्ना सिर्जनाहरु मार्फत बिरोध प्रकट गरिरहेका छन् ।

 

यस्तै गायक संगीतकार विशाल पौडेलले आफ्ना भावानाहरुलाई समेटेर राष्ट्रियताले ओतप्रोत गीत  'एकादेश'  सार्वजनिक गरेका छन्। हाम्रो देश कतै भूगोलमा मात्र सिमित हुने हो कि बन्ने हो कि भन्ने चिन्ता गीतमा व्यक्त गरिएको छ। 

 

गीतमा शब्द,संगीत,स्वर र संगीत संयोजन गायक विशाल पौडेलको नै रहेको छ भने गीतमा प्रिन्स नेपालीको सारंगीको मिठो धुन सुन्न सकिन्छ । गीतको भिडियोलाई संजित के घिसिङ्ले निर्माण गरेका हुन् ।

 

https://mail.google.com/mail/u/0/#inbox/FMfcgxwHNMgFrqWSbrSMfPGcQmzWFmQg?projector=1

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार