• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
डबली

‘झुसिलकिराको रङ्ग’

तपाईले खोज्नुअघी नै
तपाइको आगन टेक्न आइपुग्नेछन् 
यी आजका झुसिलकिराहरु अर्को कुनै दिन 
उज्यालो अनुहार,केहि उर्जा र धेरै प्रण बोकेर

 

आजको दिनलाई कतै साचेर राख्नुस
नबिर्सिनुस,
एकएक अक्षरहरु, एकएक आवाजहरु 
आज रोपिएका बीउहरु नै हो 
भोली हुर्किएर रुख बन्ने 

 

उज्यालो चम्किन्छ बिजुली 
त्रासदी गर्जिन्छ बादल 
बेजोड उर्लिन्छ खहरे 
बिलाइजान्छ मुखमा च्यापेको मिठाई

 

भ्रममा नपर्नुहोला 
रङ्ग फेरेर भोली तपाईको वरिपरि झुम्मिने पुतलीहरु 
आजका यीनै झुसिलकिराहरु हुन् !!! 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार