• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
शिक्षा

यो वर्ष एसईई परीक्षा नहुने संकेत, आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिन माग

काठमाडौं । यस वर्ष एसईई परीक्षा सञ्चालनमा कठिनाइ हुने  भएको छ । कोरोना संक्रमण र सरकारले लकडाउन गरेपछि चैत्र ५ गते  का लागि तोकिएको परीक्षा स्थगित भएकोमा अहिलेसम्म अर्को मिति  तोकिएको छैन ।


परीक्षा सञ्चालनको पूर्व मितिभन्दा ५० दिन कटिसक्दा पनि मिति नतोकिएपछि विद्यालय सम्वद्ध संघसंस्थाले यसबारे विकल्प दिन माग गर्दै आइरहेका  छन् । उनीहरुले यस वर्ष कानुनी बाधा अड्चन फुकाएर भएपनि विद्यालयहरुले गरेका आन्तरिक मूल्यांकनलाई नै आधार मानेर प्रमाणपत्र दिन समेत माग गरेका छन् ।


प्याब्सनले भनेको छ, नेपालमा कक्षा १० को एसईई परीक्षा सम्भव नदेखिएको हुनाले २०७६ सालको परीक्षामा सम्मिलित हुने विद्यार्थीहरुका लागि मात्र लागु हुने गरी विद्यालयहरुले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले  प्रमाणिकरण गरी ग्रेट शिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त ठहर्छ ।


शिक्षाविदहरुले कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा बनाएर कक्षा १० को परीक्षालाई आन्तरिक बाट गर्न सुझाव समेत दिएका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार