• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
शिक्षा

युसिमास : अंकगणितिय हिसाब

फ्रेसन्युज संवाददाता, काठमाडौं । कहिलेकाँही मानिसले आफुमा रहेको क्षमतालाई आफैले पहिचान गर्न सक्दैन, त्यसलाई कसैले औल्याईदिनु पर्दछ । यस्ता कुराहरुको पहिचान भएरै हुनुपर्छ, विश्वमा पुरानो कुरा भनी कसैले बेवास्ता गरेको सिकाइ पद्धती पछि नयाँ ढाँचामा प्रस्तुत भएको हो । प्राचिन चाइनिज उपकरण अवाकस पनि यसै अन्तर्गत पर्छ । यहि अवाकसले विश्वको सुचना सञ्चारमा समेत परिवर्तन ल्याईदिएको छ । कम्प्युटर, क्याल्कुलेटरलाई बाईनरी सिस्टममा लाग्ने पनि यहि अवाकस नै हो ।


अहिलेको जमानामा नयाँ ढंङ्ग, नयाँ सोचको रुपमा प्रस्तुत भएको छ अवाकस । यो अहिले विश्वमा बच्चाहरुको तिक्ष्ण मस्तिष्कको लागि शैक्षिक उपकरणको रुपमा प्रस्तुत भएको छ । हाल यो युसिमासको कार्यक्रमको रुपमा आएको छ । 


युसिमास बेसिक तहदेखि दशौं तह अर्थात एडभान्स (बी) सम्म गरेर १० वटा तह हुन्छ । उनीहरुको उमेर र तह अनुसार १ सय ५० देखि दुईसयवटा हिसाबहरु (जोड घटाउ गुण भाग र दशमलव) आठ मिनेट भित्र सक्नुपर्ने हुन्छ । 


हरेक अभ्यासहरु गर्दा हामीले नियमपुर्वक गर्नुपर्छ अन्यथा त्यसले झन उल्टो हानी पुर्‍याउँछ भन्ने कुरामा हामी सचेत हुन्छौँ भन्दै भन्नुहुन्छ कुमारीपाटी युसिमास की शिक्षिका कविता केसी ।  त्यस्तै युसिमासको तालीममा पनि छुट्टै किसीमको नियम रहेको छ । जसमा अवाकस होल्ड गर्ने तरिका, पेन्सिल होल्ड गर्ने तरिका, विड्सहरु चलाउने तरिका र बस्ने तरिका, अरु अभ्यासको भन्दा भिन्न खालको हुन्छ । 


यसले विद्यार्थीको बौद्धिक विकासमा निकै फाइदा पुर्‍याउँछ । यसको एक उदाहरण हुन् बानेश्वरका शुसान्तमान सिंह मास्के । उनी नयाँ बानेश्वर स्थित नोबेल उच्च मा.वि.का कक्षा ५ पढछन् । उनी पढाईमामात्र अगाडी छैनन्, हरेक क्रियाकलापमा पनि अगाडी छन् । शुसान्त युसिमास मेन्टल अर्थमेटिक नेपालबाट दिक्षान्त प्राप्त गरिसकेका विद्यार्थी पनि हुन । केहीवर्ष अगाडी मात्र उनले विभिन्न पत्रपत्रिकाहरुमा आफ्नो बारेमा प्रकाशित भएका कथा, कवितालाई संकलन गरेर पुस्तक सार्वजनिक समेत गरिसकेका छन् । 


सुशान्तमान सिंह मास्के एउटा उदाहरणीय पात्र हुन् । यस्तो क्षमता हरेक बालबालिकाहरुमा रहेको हुन्छ । तर त्यसको वातावरण मिलाइदिने अभिभावक, विद्यालय र सम्बन्धित अरु क्षेत्रमा पनि भरपर्छ । युसिमासले विद्यार्थीको बौद्धिक क्षमताको बिकास गर्छ । 


हाल युसिमासको दशौ तह पढ्दै गरेकी सार्मथ्य झा पनि युसिमास प्रतियोगिताको थर्ड रनरअप बिजेता हुन । उनले युसिमासबाटै गणित सहजै सिक्न सकिने उपायहरु थाहा पाइन । ‘अकंगणितिय जस्ता नयाँ–नयाँ कुराहरु मैले युसिमास बाट नै जान्ने अवसर पाए,’ उनले थपीन । सामथ्र्य खेल खेल्दा पनि गणितिय खेलहरु बनाएर खेल्ने गरेको सार्मथ्यकी ममी सोनाली झाको भनाइ छ ।  यस्ता धेरै उदाहरण छन् जसले युसिमासबाट राम्रो पकड बनाएका छन् । यस्तै मिस नेवाः २०१२ की बिजेता सुनिता डङ्गोल समेत युसिमास दिक्षित विद्यार्थी हुन् । उनलाई अहिले पनि युसिमासको तालिमले स्मरण शक्ति बढाएको र अध्ययन तथा अन्य काम गर्दा एकाग्र भएर गर्न मद्दत गरेको उनी बताउछिन् । 

 

 

एउटा स्वस्थ र स्वच्छ भावना भएको बच्चा जो भविष्यको राम्रो र सक्षम नागरिक बनाउनको लागि स्वस्थ खाना र वातावरणको जति आवश्यक छ उती नै आवश्यक शारिरिक  तथा मानसिक अभ्यास हुनु आवश्यक छ । शारिरिक अभ्यास स्वस्थ शरिरको लागि आवश्यक छ भने बौद्धिक क्षेत्रमा अगाडि बढाउनको लागि मानसिक अभ्यास नित्तान्त आवश्यक छ । जसको लागि युसिमासले सहयोग गर्न सक्छ । बालबालिकालाई युसिमासको तालिमले गणितिय खेल खेलाई अवाकसको गोटीहरूको प्रयोगबाट मानसिक अभ्यास पनि गराउँछ । अवाकसको गोटी चलाउँदा दुबै हातलाई प्रयोग गरी बालबालिकाको मस्तिष्कलाई क्रियाशील तुल्याउँछ ।


बालबालिकाको दुवै हात चलायमान भई मस्तिष्क क्रियाशील गराउँदा बौद्धिक तथा रचनात्मक क्षेत्रमा सहयोग पुग्छ । बैज्ञानिकहरूको अनुसन्धान अनुसार मानिसले दायाँ हात चलाउँदा बायाँ मस्तिष्क क्रियाशील हुन्छ  भने बायाँ हात चलाउँदा दायाँ मस्तिष्क क्रियाशील रहन्छ । बायाँ मस्तिकले जे जति सूचनाहरू लिन्छ, शब्द र अंकको रुपमा लिन्छ साथै दायाँ मस्तिष्कले फोटो, साइज, रङ तथा वर्णको रूपमा सूचनाहरू संकलन गर्छ । फोटो, साइज, रङ तथा वर्णको रूपमा लिने सूचनाहरू लामो समयसम्म सम्झिने खालको हुन्छ । बाल मनोविज्ञ गङ्गा पाठक भन्नुहुन्छ, ‘अवाकस बालबालिकामा सजिलो तरिकाले अंकहरूको पहिचान गर्ने माध्यम हो । जसमा उनीहरूले अवाकसको गोटी छोएर, अनुभव गरेर अंकलाई पहिचान गर्न सक्छन् ।’


युसिमास तालिम लिएका केटाकेटीमा आत्मबलको विकास हुन्छ । बलियो आत्मबल भएका केटाकेटी चलाख, स्फुर्त एवं स्वस्थ हुन्छन् । यसबाट अनुसन्धान गर्ने तथा पढ्ने लेख्ने बानीको विकास गराउँछ । उनीहरुलाई प्रतिश्पर्धी हुन सिकाउनुका साथसाथै क्षमता विकासको लागि अहम् भूमिका युसिमासले खेलेको हुन्छ । 


बालबालिकाभित्र लुकेर रहेका बौद्धिक क्षमता अभिवृद्धि गरी उनीहरुलाई धैर्यताका साथ समस्या समाधान गर्न सक्ने बानीको बिकास गराउनु नै युसिमासको मुख्य उदेश्य हो । अवकास भनिने पुरानो  चाइनिज प्रविधिबाट ५ वर्षदेखि १३ वर्षको उमेर समुहका बालबालिकाको मस्तिष्क बिकास गर्ने अभिप्रायले सन् २००३ युसिमास नेपालले यसलाई नेपाल भित्रयाएको हो । 


हाल १० हजार भन्दा बढि बालबालिकाहरु यसबाट लाभान्वित भईरहेका छन् । दृश्यालोवकन क्षमता, कल्पनशीलता, तार्किकता, स्मरणशक्ति, एकाग्रता, र कार्यकुशलताको बिकास युसिमास मार्फत बालबालिकामा देखिने सकारात्मक प्रभाव हो । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार