• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
प्रविधी

अबदेखि फेसबुक, गुगलजस्ता सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले फेसबुक, ट्वीटर, युट्युवजस्ता सामाजिक सञ्जालमार्फत् विज्ञापन गर्नेलाई कारवाही गर्ने भएको छ।

 

विदेशी विनिमय अपचलन हुने भएकोले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय ऐन, २०१९ र प्रचलित कानुन बमोजिम कारवाही हुने राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको सूचनामा भनिएको छ । 

 

यसरी विज्ञापन गर्न रोक्दा नेपाल भित्रिने विदेशी मुद्रा बढ्न जानेछ। पछिल्लो समय रेमिटेन्स घट्नुको एक कारणमध्येको अवैधानिक रुपमा गरिने विज्ञापन पनि थियो। चालुबर्षको मौद्रिक नीतिले यसरी विज्ञापन गर्न नपाइने व्यवस्थालाई कडाइ गरिने जनाए पनि केही निर्णय गर्न भने सकेको थिएन। 

 

राष्ट्र बैंकबाट सटही सुविधा नपाइने हुँदा यहाँका एजेन्सीहरुले बाहिर काम गर्ने नेपालीले पठाउने पैसा उतै रोकेर आँफै राख्थे। त्यस बराबरको पैसा उनीहरुले नेपाली रुपैयाँमा परिवारलाई भुक्तानी गरिदिन्थे। यसो हुँदा नेपाल आउने विदेशी मुद्रा रोकिन्थ्यो।

 

अब कसैले विद्युतीय माध्यमबाट प्रकाशित वा प्रसारित सामाग्रीका कारण आम्दानी गर्छ भने त्यो पनि बैंकिङ च्यानलबाट ल्याउनु पर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार